करीनाले ग्ल्यामरस रोल्स नगर्ने
ग्ल्यामर क्वीन करीना कपूर अब ग्ल्यामरस रोल्सबाट टाढा जाने भएकी छिन। यसको लागि उनले गंभीर खालको भुमिका भएको फिल्मको स्क्रिप्ट खोज्दैछन। तर अहिलेसम्म उनले चाहेको जस्तो रोल नभेटेको बताइन्छ।
उनी यस्तो निर्देशकलाई भेट्न चाहन्छिन जो सँग उनलाई मिल्ने खालको भुमिका होस। करीना संजयलीला भंसालीसँग काम गर्न ईच्छुक रहेको बताइन्छ। यद्यपी करीनाले संजयसँग पहिला काम भने गरिसकेकी छन। तर अब उनी यसबारेमा गंभीर भएर सोच्दैछन।
करीना छिट्टै नै रोहित सेट्ठीको फिल्म 'सिंघम २' को शुटिंग शुरु गर्दैछन्। यो फिल्मको बारेमा करीना भन्छिन्, यो फिल्म पहिलाको फिल्म भन्दा अलग छ, यसमा हिरोइनको भुमिका दमदार छ, यही कारणले मेरो लागि यो महत्वपुर्ण छ।
करीना प्रश्न गर्छिन्, 'संघम २' मा आफ्नो प्रतीभा प्रदर्शन गर्ने ठाउ हुदैनथ्यो त म यो फिल्म किन गर्थे? म रोहितको प्रिय छु र त मलाई स्वतन्त्र महाराष्ट्रियन केटीको रोलको लागि चुनियो। अहिलेसम्म अल्ट्रा ग्ल्यामरस रोल गरिसकेको छु, अब कुनै राम्रो रोल गर्ने अबसर आएको छ। उनी 'क्वीन' जस्तो फिल्मको भुमिका गर्न चाहन्छिन।
मैले धेरै काम गरिसके अब यस्तो भुमिका गर्न चाहन्छु जुन अरु भन्दा अलग र स्ट्रोंग रोलको होस। 'शुद्धि' फिल्म गर्न नपाएकोमा करीना दु:खी छन्। उनी भन्छिन्, फिल्म गर्न नपाएर के भयो र यो फिल्म रिलिज भएपछि सबैभन्दा पहिला फिल्म हेर्नको लागि टिकट म नै लिनेछु।
