मेरो पहिलो महिना १ गते महिनावारी भएको थियो । त्यसपछि महिना नपुग्दै पुस २५ गते पुनःमहिनावारी भयो । यो बिचमा श्रीमान संग यौन सम्पर्क भयो ।दोस्रो महिना १२ गते श्रीमान बाहिर जानु भयो । उहाँ बाहिर गएको ८ दिन पछि फेरी महिनावारी भयो । यो अवधिमा निकै छिटोछिटो भएको थियो । महिनावारी पछि यौनसम्पर्क विनै अहिले महिनावारी रोकिएको छ । पिसाब जाँच गर्दा गर्बवती भएको देखियो । श्रीमानले विश्वास गर्नुहुन्न । कसरी उँहालाई सम्झाऊँ ? रचना शर्मा (नाम परिवर्तन)

उतर : रचना जी, पहिलो कुरा तपाइले परिवार नियोजनका अस्थाई साधन प्रयोग गर्नु भएको छ कि छैन ? यो खुलाएको भए सजिलो हुन्थ्यो किनकि यस्ता साधनका कारण पनि कहिले काहि महिनावारी ठिक समयमा नहुने हुन्छ । अर्को कुरा आकस्मिक गर्भनिरोधक चक्कि प्रयोग गर्नु भएको छ कि छैन ? आकस्मिक गर्भनिरोधक चक्कि शत प्रतिशत शुरक्षित मानिदैन र यो पटकपटक प्रयोग पनि गर्नु हुदैन । यदि प्रयोग गर्नु भएको छ भने यसकारण तपाईको महिनावारी छिटोछिटो भएको हुनुपर्छ । अर्को कारण पाठेघरको मुख वा यौनी मार्गमा संक्रमण भएमा पनि रगत देखिने हुन्छ । जसलाई तपाईले महिनावारी भएको बुझेको पनि हुनु पर्छ । कतिपय अवस्थामा पाठेघरमा ट्युमर वा अन्य खराबीले पनि महिनावारी रुक्ने हुन्छ । यसरी महिनावारी रुक्दापनि पोजेटिभ नै देखाउछ । कहिलेकाँहि पाठेघर बाहिर बच्चा बस्दा पनि यस्तो समस्या देखिन सक्छ । भिडियो एक्सरे गर्यो भने कति महिनाको बच्चा हो थाहा हुने भएकाले तपाईले श्रीमानलाई यर्थात थाहा हुनेछ । तपाईले एक पटक प्रसूति तथा स्त्रीरोग विशेषज्ञलाई देखाउन मेरो सुझाव छ ।
- डा. ज्योती अग्रवाल, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
यौनसम्पर्क विनै कसरी गर्ब बस्यो रोचक जानकारी !
news and entertainment
