श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

दक्षिण पश्चिम जर्मनीको एक प्रहरी चौकीमा जब एक हतास तथा लाजले रातोपिरो भएको पुरुष आत्तिँदै आइपुग्यो तब त्यहाँका पुलिस अचम्ममा परे । आफु निकै पीडित भएको भन्दै गुनासो गर्न आएको मानिसलाई कसरी सहयोग गर्ने र दोषी भनिएका व्यक्तिलाई कसरी कारवाही गर्ने ? प्रहरीहरु विलखबन्दमा परे । नपरुन पनि किन ती व्यक्तिको उजुरी आफ्नै श्रीमती विरुद्ध थियो र विषय थियो सेक्स । श्रीमतीले रातको समयमा आफुलाई निकै धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उनले आफुले सोही कारण रातमा सुत्न नपाउने गुनासो गरे ।

श्रीमती सेक्सका विषयमा पागल नै बन्ने गरेको र त्यसलाई धान्न नसक्दा जिउज्यान नै खतरामा परेको उनको दाबी थियो त्यसैले उनले श्रीमतीबाट आफूलाई बचाउन आग्रह गर्दैथिए । श्रीमतीकै डरले आफू एक वर्षदेखि एक्लै सोफामा सुत्ने गरेको बताउँदै उनले श्रीमती सोफामै आएर आफूलाई सेक्सका लागि बाध्य पार्ने गरेकी गुनासो गरे ।
प्रहरीले ती पुरुषलाई आफुहरुले केही गर्न नसक्ने जवाफ फर्काएर सम्झाइ बुझाई गरे । अन्त्यमा ती पुरुषले सेक्सकी भोकी श्रीमतीबाट बच्न सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्

, , , ,

news and entertainment