मालिङगा र थिरिमानेले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकाले पाकिस्तानलाई पराजित गर्दै एसिया कप क्रिकेटको उपाधि जितेको छ । एसिया कपमा पाँचौ पटक उपाधि जित्ने क्रममा श्रीलंकाले डिफेन्डिङ च्याम्पियन पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ गर्दै पाकिस्तानले प्रस्तुत गरेको २ सय ६१ रनको लक्ष्य लहिरु थिरिमानेको शतकको मद्धतमा ४६.१ ओभरमा ५ विकेटको क्षतीमा पुरा गर्दै श्रीलंका च्याम्पियन बनेको हो । श्रीलंकको जितमा थिरिमनेले १ सय १ रन बनाए भने माहेला जयवर्दनेले ७५ रन बनाए । थिरिमने र जयवर्दनेले तेस्रो विकेटका लागि १ सय ४६ रनको साझेदारी गर्दै टोलीको जितको आधार खडा गरेका थिए । यस्तै कुशल परेराले ४२ रनको योगदान गरे । पाकिस्तानका लागी सइद अजमलले सर्वाधिक तिन विकेट लिए ।
यसअघि बंगलादेशको मिरपुर स्थित सेर रंगशालामा पहिले व्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६० रन बनाएको थियो । खराव सुरुवात गरेको पाकिस्तानको पारी समाल्ने क्रममा मध्यक्रमका व्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पहिला ५ ओभरमै शुरुवाती तिन विकेट गुमाएको पाकिस्तानका लागी फवाद आलमले चौथौ विकेटका लागी कप्तान मिस्वाह उल हक संग १२२ रनको साझेदारी गरेका थिए । आलमले आफ्नो जिवनकै पहिलो शतक बनाउने क्रममा १ सय १४ रन बनाउँदै नटआउट रहे । मिस्वाह उल हकले ६५ रन बनाए भने उमर अकमलले ५९ रनको योगदान गरे । पाकिस्तानलाई मध्यम स्कोरमा समेट्ने क्रममा श्रीलंकाका लागि पाँचै विकेट लासिथ मालिंगा एक्लैले लिएका थिए ।
एसिया कप क्रिकेटको उपाधि श्रीलंकालाई
news and entertainment