तपाई अरबपति बन्न मन छ भने बिबाह गरे पुग्ने भो ?

संसार त्यसै विचित्र छ भनेको होइन रहेछ । सुन्दा अचम्म लाग्ला तर हङकङका एक धनाढ्यले आफ्नी छोरी लानेलाई केटालाई अर्बपति बनाइदिने घोषणा गरेका छन् । हङकङका एक नम्बर व्यापारी सेसिल चाउले उक्त घोषणा गरेका हुन् ।

सेसिलले आफ्नी छोरी गिगी चाउ लानेलाई ८ करोड पाउन्ड दिने बताएका छन् । उक्त रकम बराबर नेपाली करिब १३ अर्ब २० करोड नेपाली हुन्छ । वास्तवमा उनले ४ करोड दिने बताएको र छोरीलाई मनाएर लानसके दोब्बर रकम दिने बताएका छन् । समाचारमा जनाइएअनुसार सेसिलकी छोरी गिगी लेस्बियन हुन् । 

उनकी छोरीले दुईवर्षअघि एक महिलासँग समलिंगी बिहे गरेकी थिइन् जबकि, हङकङमा यस्तो विवाहमाथि रोक छ । सेसिलले यसअघि छोरीको बिहेका लागि ३९ मिलियन पाउन्ड घोषणा गरेका थिए । यसमा २० हजार युवाले आवेदन दिएका थिए । तर कोही आवेदनकर्ता नआएको बताइन्छ ।

,

news and entertainment