चिनियाँ स्याटेलाइटले फेला पार्यो मलेसियन विमानको दुर्घटनास्थल (तस्विर सहित)

२९ फागुन, एजेन्सी ।
गत शनिबार देखि हराइरहेको मलेसियन जहाजको खोजीमा रहेको चिनियाँ स्याटेलाइटले साउथ चाइना सागरमा विमानको दुर्घटना भएको बलियो संकेत मिल्ने तस्विर खिचेको छ ।
२३९ जना सवार मलेसियन बोइङ flight MH370 विमान साउथ चाइना सीमा दुर्घटनाग्रस्त भएको हुन सक्ने संकेत सहितका तस्विरहरु चीनको एडिमिनस्ट्रेसन फर साइन्सटेक्नोलोजी एण्ड इन्डस्ट्री फरर नेशनल डिफेन्स (SASTIND) ले सार्वजनिक गरेको हो ।
China Satelite Image of Plane 1

तस्विरमा साउथ चाइना सीमा ठूलो बस्तु तैरिरहेको देखिएको छ । चिनियाँ एजेन्सीका अनुसार १०५ दशमलव ६३ पूर्वी देसान्तर र ६ दशमलव ७ उत्तरी अक्षाँसमा सो दुर्घटना भएको हुन सक्छ । मलेसियाको क्वाललम्पुर देखि उडान भरेको जहाजले भियतनामको दक्षिणमा पर्ने यही जल क्षेत्रमा पुगेर अन्तिम सम्पर्क गरेको थियो ।
China Satelite Image of Plane

अमेरीकी उड्डयन अधिकारीहरुले पनि चिनियाँ अनुसन्धानले सबैभन्दा विश्वसनीय तथ्य फेला पारेको बताएका छन् ।
China Satelite Image of Plane 2

जहाज हराएको एक दिन पछि नै चिनियाँ स्याटेलाइटले विमान दुर्घटना भएको अनुमानित उक्त क्षेत्रको तस्विर खिचेको भएपनि चीनले बुधबार मात्र तस्विर सार्वजनिक गरेको हो । यद्यपी यसो किन गरियो भन्ने खुलाएको छैन ।
China Satelite Image of Plane 3

मलेसियाका नागरिक उड्डयन अधिकारीहरुले चीनले कुनै आधिकारिक जानकारी दिइ नसकेको बताएका छन् ।
China Satelite Image of Plane 4
शनिबार देखि हराइरहेको विमानले क्वालाम्पुर विमानस्थलबाट बेइजिङका लागि उडान भरेको थियो ।
यस अघि विमानमा सवार २ जनाको राहदानी नक्कली रहेको र उनीहरु इरानी रहेको खुल्न आएपनि उनीहरुको कुनै आतकंवादीहरुसँग भने सम्बन्ध नरहेको देखिएको अधिकारीहरुले बताएका थिए ।
China Satelite Image of Plane 5

यस अघि विमान मलाक्का खाडीमा दुर्घटनामा परेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए ।
मलेसियाली सेनाले मलाक्कामा विमान दुर्घटनाका अवशेष फेला परेको हुन सक्ने बताएको थियो ।
मलेसियाका अधिकारीहरुले शुरुमा हराइरहेको विमान क्वालालम्पुरबाट उडेको र दक्षिणी चाइना सागरको भियतनाममा पर्ने प्रयद्वीपमा खसेको अनुमान गरेका थिए ।
तर विमानले उडेको केही समयमै क्वलालम्पुर फर्किने प्रयास गरेको संकेत देखिएको छ ।
विमानमा २ तिहाइ भन्दा बढी यात्रु चिनियाँ छन् । बाँकि मध्ये कतिपय एसियाली र उत्तर अमेरिकी तथा युरोपका छन् ।।

, ,

news and entertainment