अभिनेत्री नम्रता श्रेष्ठ अभिनित हरेक चलचित्रबाट दर्शकहरुले आशा गरेकै हुन्छन् । तर बिडम्बना उनले लिड रोलमा अभिनय गरेका प्रायः चलचित्रले लगानी उठाउनै सकेका छैनन् । यद्यपी उनको कामको चर्चा भने भइनै रहन्छ ।
यही वर्षको हुरा गर्दा मौन त्यसपछि मेघा दुबै चलचित्रले व्यवसायिक सफलता हासिल गर्न सकेनन् । अब उनको चलचित्र नोभेम्बर रेन प्रदर्शन हुँदैछ । त्यसैले नोभेम्बर रेन प्रति दर्शकभन्दा बढी उनी आशाबादी हुनुपर्ने भयो । तर केही चलचित्रले व्यवसायिक रुपमा सफलता नपाए पनि अपसोच छैन उनलाई । किनकी कलाकारले काम राम्रो गर्ने हो त्यो उनी गर्दैछिन ।
नम्रता अभिनित चलचित्रले पैसा नकमाए पनि उनले भने कमाएकै छिन । एक त उनको कामको चर्चा अर्कोतिर कुनै एक देशको राइट । अचेल चलचित्रको लगानी उठाउन धेरै निर्माताले ओरसिज मार्केटको सहारा लिन थालेका छन् । ओभरसिज मार्केटबाट बढीमा १० लाख सम्म उनको हात पर्ने बताउँछिन । त्यसो भए यता लिने साइनिङ अमाउण्ट अनि उताको १० लाख । नम्रताको पारिश्रमिक १० लाख भन्दा बढी भएछ हैन त ?
कसरि भयो नम्रताको पारिश्रमिक १० लाख भन्दा बढी !
news and entertainment
