एक बर्षमा संबिधान नबन्न पनि सक्छः बामदेव गौतम
२९ फागुन,काठमाडौ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले एक वर्ष भित्र संविधान निर्माण गर्ने भनिएपनि केही समय लम्बिन सक्ने बताएका छन् । संविधान निर्माण अगावै स्थानीय निकायको निर्वाचन हुनुपर्ने बताउँदै मन्त्री गौतमले निर्वाचनका लागि सवै पार्टी एकमत हुनु पर्ने पनि बताए ।
आज प्रेस चौतारी तनहुँद्धारा सदरमुकाम दमौलीमा आयोजित पत्रकार सम्मेलनका बोल्दै मन्त्री गौतमले आफु गृहमन्त्री भइसकेपछि गुण्डागर्दी, चोरी–डकैती र अपराधमा निकै कमी आएर शान्ति सुब्यवस्था बढ्दै गएको दावी समेत गरे ।
मन्त्री गौतमले नेकपा एमालेको भातृ संगठन अखिल नेपाल किसान यूवा संघ तनहुँको अधिवेशन पनि उद्घाटन गरेका थिए ।
