यौन सम्पर्क गर्न नमान्दा स्तन काटियो
९ चैत, एजेन्सी ।
देह ब्यापार केन्द्रमा बेचिएकी एक युवतिको यौन सम्पर्क राख्न नमानेको भन्दै स्तन काटिएको छ । भारतको मुम्बईमा भएको घटना अनुसार रेडलाइट एरियामा भारत गुजरातबाट राम्रो काममा लगाइदिने लोभ देखाएर मुम्बईमा बेचिएकी ति युवतिमाथि यस्तो हर्कत भएको हो ।
कोठिका मालिक्नीले एक पुरुषसँग यौन सम्बन्ध राख्न जति दबाब दिंदा पनि नमानेको भन्दै ति युवतिलाई ब्लेडले स्तन चिरेर घाइते बनाएको बताइएको हो ।
भारतीय प्रहरीले युवतिलाई गुजरातबाट मुम्बई ल्याएर बेच्ने दलालको पहिचान भएको बताएको छ ।
बेश्यालयकी मालिक्नीलाई समेत प्रहरीले पक्राउ गरेको बताएको छ । घटनामा बेश्यालयकी मालिक्नीले अन्य सहयोगि लगाएर युवतिको कपडा उतारेर स्तन पत्तिले काटिदिएको बताइएको छ ।
घाइते महिलाको उपचार भइरहेको र अवस्था खतरामुक्त भएको बताइएको छ ।
