नेपालले जितेको खुसीमा सरकारले गर्यो क्रिकेट स्टेडियम बनाउने घोषणा
३ चैत,काठमाडौं। सरकारले नेपालमा अन्र्तराष्टिय स्तरको क्रिकेट स्टेडियम बनाउन आवश्यक बजेट विनियोजन गर्ने भएको छ । अर्थमन्त्री डाक्टर रामशरण महतले क्रिकेट खेलको विकासका लागि अन्र्तराष्टिय स्तरको क्रिकेट स्टेडियम निर्माणका लागि सरकारले बजेट विजियोजन गर्न लागेको जानकारी दिएका हुन ।
उनले ट्विटरमार्फतसरकारले सार्वजनिक गर्ने न्यूनतम साझा कार्यक्रममा समेत अन्र्तराष्टिय क्रिकेट स्टेडियम निर्माणको विषय समावेश हुने जानकारी दिएका छन् ।
ट्विट्रमा नेपालीले क्रिकेटमा राम्रो प्रदर्शन गरेपनि स्टेडियम नभएको विषयमा लेखिएका ट्विटको जवाफ दिने क्रममा अर्थमन्त्री महतले न्यूनतम साझा कार्यक्रममा स्टेडियमलाई पैसा छुट्ट्याउने विषय सार्वजनिक गरेका हुन ।
वंगलादेशको ढाकामा जारी टि ट्वान्टी विश्वकपको पहिलो खेलमा नेपाललले हङकङलाई पराजित गरेर विजयी शुरुवात गरे लगत्तै सरकारको तर्फवाट यस्तो घोषणा आएको हो ।
सरकारले काठमाडौंको मूलपानी गाविसमा क्रिकेट स्टेडियमकै लागि सरकारले एक दशक अघि ठूलो क्षेत्रफल अधिग्रहण गरेपनि बजेट विनियोजन नहुँदा निर्माण अघि बढन सकेको छैन । तर सरकारले कहाँ क्रिकेट स्टेडियम निर्माण गर्ने भन्ने कुरा सार्वजनिक भएको छैन ।
नेपालले पछिल्लो समय क्रिकेटमा राम्रो उपलब्धी हासिल गरेपछि क्रिकेट स्टेडियम निर्माण हुनुपर्ने माग हुँदै आएको छ ।
