जयाले भनिन् ‘अग्ला अमिताभलाई वुद्दिमान ठानेर रोजेँ
अचेलका युवतीहरुलाई सोध्नुभयो भने उनीहरुमध्ये आधा युवतीहरुका सपनाका राजकुमार अग्लो, स्मार्ट र हँसिलो व्यक्ति हुने छ । युवतीलाई अग्ला पुरुष धेरै मन पर्छन्, यसपछिको कारण हामी तपाईंलाई बताउँदैछौं ।
एउटा मान्यता यस्तो छ कि अग्ला पुरुषको दिमाग तेजिलो हुन्छ । सन्डे टाइम्समा छापिएको एक सर्भेका अनुसार मानिसको डिएनए र बुद्दिमताबीच गहिरो सम्बन्ध हुन्छ ।
शोधकर्ताले डिएनए आधारित आणुवंशिक समानताको माध्यमबाट अग्ला मानिसको बुद्दिमता र उचाईबीच जोडिएको तथ्यको अध्ययन गरेका थिए । अध्ययनबाट मानिसको शारीरिक लम्बाई र बुद्दिमताबीच आपसमा सम्बन्ध रहेको पुष्टि भएको छ । जुन मानिस शारीरिक रुपमा धेरै अग्ला उनीहरु होचा मानिसभन्दा बढी बुद्दिमान हुने गरेका बताइएको छ ।
यो शोधका क्रममा ६ हजार ८ सय बढी मानिसको डीएनएको अध्ययन भएको थियो । तपाईंलाई बताउँ कि पहिलो नजरमै जयाले अमिताभसँग प्रेम गरेको बताएकी छन् । तर पनि उचाईबारेको यो शोध सन्डे टाइम्समा प्रकाशित भएको छ । तर पनि यो शोधमा आधारित तथ्यमा भनिएजस्तै बलिउड पहिलेदेखि प्रभावित थियो ।
जया बच्चन, जसको उचाई निक्कै कम छ । जयाले आफूभन्दा दोब्बर अग्ला व्यक्ति या न कि अमिताभ बच्चनसँग विहे गरेकी थिइन् । जुनबेला अमिताभ अहिले जस्तो सुपरस्टार भइसकेका थिएनन् ।
सायद जयालाई पहिलेबाटै आभाष भएको हुनुपर्छ, उनका अमिताभ धेरै नै बुद्दिमान छन् र आफन्ो बुद्दि र मेहनतको बलमा उनी एक दिन सर्वकालिन महानायक बन्नेछन् । जया र अमिताभ जस्तै जोडी बलिउडमा अरु पनि छन् । काजोल-अजय देवगनको जोडी पनि एक हो । काजोलको पनि उचाई कम छ, अर्कातिर अजय देवगन धेरै अग्ला मानिसमा गनिन्छन् ।
ट्वींकल-अक्षयकुमारको जोडी पनि त्यस्तै अर्को जोडी हो । ट्ंवीकल पनि अक्षय भन्दा धेरै होची छन् । अक्षय कुमार र उचाई-चौडाई राम्रो भएका हिरोमा गनिन्छन् । यी सबै अभिनेत्रीलाई माया गर्नुअघि सायद उनीहरुलाई आभाष भएको हुनुपर्छ आफूले छान्ने जोडी धेरै नै बुद्दिमान र होसियार छन् ।
आफ्नो विहेको वाषिर्कोत्वसका क्रममा जयले एक राज खोलेकी थिइन् । जयाले भनेकी थिइन् कि अमिताभसँग पहिलो नजरमै प्रेम भएको थियो । उनले पहिलो पटक पुनाको एक संस्थानमा देखेकी थिइन् । उनले भनेकी छन्, ‘मलाई लागेको थियो, अमिताभमा केही खास राज छ, उनी मलाई बहुत राम्रा लागेका थिए ।’
जयाले मन पराएको बखत अमिताभ धेरै दुब्ला र पातला थिए । ‘त्यस बखत अमिताभलाई मन पराएको कुरा साथीहरुलाई गर्दा उनीहरुले मेरो मजाक उडाएका थिए’, जयाले भनेकी छन् । म जस्ती होची कदकी केटीको अग्ला अमिताभ मन परेकोमा साथीहरुले ब्यंग्य गर्दै अमिताभलाई नराम्रो शव्दले बोलाउँदा साथीहरुसँग झगडा पनि परेको थियो ।
