सेक्सी महिला (हलिउड)
एफएचएमको वर्ष २०१३ को सबैभन्दा सेक्सी महिलाहरूको सूचीमा हलिउड अभिनेत्री मिला कुर्निस अग्रस्थानमा रहन सफल भएकी छिन्। यो सूचीमा पप गायिका रिहान्ना दोस्रो स्थानमा छिन्। एउटा वेबसाइटसँग कुराकानी गर्दै एफएचएमका सहायक सम्पादक डेन जूडले भनेका छन्— 'मिला कुर्निसका लागि यो वर्ष उपलब्धिमूलक छ। कुर्निसले सबैभन्दा बढी आम्दानी गर्ने हलिउडको हास्य चलचित्र 'टेड' मा काम गरेकी छिन्। यतिबेला हलिउडमा सबैभन्दा बढी माग उनकै छ। यतिमात्र होइन उनी सहज एवं मोहक छिन्। हँसिलो स्वाभावकी कुर्निस आफैंप्रति हाँस्नसमेत डराउँदिनन्।' एफएचएमको शीर्ष दस सेक्सी महिलाहरूको सूचीमा क्रमशः मिला कुर्निस, रिहान्ना, हेलेन फ्लानागन, मिशेल कीगन, केली ब्रुक, केली क्युको, पिक्सी लोट, केट अप्टन, चेरिल कोल तथा जार्जिया साल्पा छन्।
Recent Updates
Current Views