यसरि शाहरुखले रजनीको तारिफ गरे
शाहरुखले आफू बच्चैदेखि रजनीको फैन रहेको भन्दै दक्षिण भारतीय चलचित्रका महानायकको आउँदो चलचित्र ‘कोचादाइयाँ’को अडियो रिलिजमा सहभागी भएका थिए । अरुको प्रशंसा कमै गर्ने शाहरुखले रजनीको भने खुलेर तारिफ गरेका छन् ।
शाहरुखले रजनीको तारिफमा समय खर्चिदै तीन कारणले अडियो रिलिजमा आएको बताएका थिए । शाहरुखको कथन थियो– पहिलो कारण आम दर्शकजस्तै आफू पनि रजनीको फैन भएकै कारण यहाँ आएको हुँ ।
त्यस क्रममा उनले पुराना दिनको सम्झना गर्दै धेरै पहिले रजनी कान्तको एक हिन्दी चलचित्रको सुटिङ हेर्ने मौका मिलेको र त्यस क्रममा आफूले धेरै कुरा सिकेको बताए ।
त्यस्तै रजनीसंगको मित्रताले पनि आफू यहाँ आएको बताउँदै आफ्नो चलचित्र ‘रा.वन’ निर्माणमा रजनीबाट धेरै मद्दत मिलेको र तेस्रो कारणमा रजनीको आउँदो चलचित्र ‘कोचाइदाइयाँ’ देशले गर्व गर्न लायक चलचित्र हो ।
स्मरणीय रहोस् बहुप्रतिक्षित कोचाइदाइयाँ सौन्दर्या आर.अश्विन के निर्देशनमा बनेको हो भने रजनीका अलावा दिपीका पादुकोण, जैकी श्राफ, आर शरथ कुमार, शोभना आदि कलाकारको मुख्य भूमिका रहेको छ । यो चलचित्र यही अप्रिल ११ मा रिलिज हुँदैछ ।
रजनी कान्तको दोहोरो भूमिका भएको यो एउटा एनिमेटेड चलचित्र हो । यसको निर्देशक आश्विन रजनीकी छोरी हुन् ।
