चार दिनदेखि हराएको विमान भेट्टिएको मलेसियाली सेनाको दाबी

मलेसियाली सेनाले चार दिनदेखि हराइरहेको विमान राडारबाट मलाका स्ट्रेटमा भेटिएको दाबी गरेको छ। हवाई ट्राफिक कन्ट्रोलले पछिल्लोपटक विमानसँग सम्पर्क गरेको ठाउँबाट मलाका स्ट्रेट धेरै टाढा छ।  
 
‘स्ट्रेट अफ मलाका’ मलाया पेन्निसुला र इन्डोनेसियाली टापु सुमात्राको बीचमा रहेको ८०५ किलोमिटर सामुद्रिक भुभाग हो। 
 
क्वालालम्पुरबाट बेइजिङका लागि उडेको २ सय ३९ यात्रु रहेको मलेसियन एयरलाइन्सको विमान चार दिनदेखि हराइरहेको छ। ‘कोटा भारुबाट त्यो विमानले बाटो परिवर्तन गर्‍यो, उचाइ घटायो र मलाका स्ट्रेटमा छिर्यो‍,’ मलेसियाली सेनालाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
 
क्वालालम्पुरबाट उडेको एक घन्टामै हवाई सम्पर्क गुमाएको विमान त्यसपछि के भयो भन्नेबारे अहिलेसम्म कुनै तथ्य फेला परेको छैन। 

,

news and entertainment