मुशर्रफलाई ज्यानको खतरा
पाकिस्तानको गृह मन्त्रालयले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई कुनैपनि बेला हमला हुन सक्ने चेतावनी दिएको छ । मन्त्रालयले आतकवादी समूह अलकायदाबाट हमला हुन सक्ने जनाएको हो ।
मुशर्रफको पक्षमा वकालत गर्दै आइरहेका वकिलहरुले सुरक्षाको ग्यारे
ण्टी नभएसम्म मुशर्रफ अदालत उपस्थित हुन नसक्ने बताएका छन् ।
पाकिस्तानको एक टेलिभिजनले मुशर्रफको पक्षमा वकालत गर्दै आइरहेका वकिलहरुलाई उनको पक्षमा वकालत नगर्न धम्की आएको जनाएपनि पाकिस्तानको गृह मन्त्रालयले भने उक्त कुराको पुष्टि गरेको छैन । (एजेन्सी)
