लुक र स्तनको आकार समान पारेका दिदी बहिनीको प्रेमी पनि एउटै (फोटो फिचर)
एजेन्सी ।
मान्छेका शौख पनि अनेक अनेक हुन्छन् । पश्चिमी अष्ट्रेलियाको पर्थमा बस्ने जुम्लयाहा दिदी बहिनीले समान देखिन १ लाख ३० हजार पाउण्ड स्टर्लिङ खर्च गरेर ओंठ, स्तनलाई समान पारेका छन् । त्यतिमात्र होइन एउटै पुरुषलाई प्रेमी बनाएका उनीहरुको आँखिभौंमा समान ट्याटू समेत छ ।
हेरेर छुट्ट्याउनै गाह्रो पर्ने २८ वर्षका लुसी र आन डेसिन्कले जीवनका सबै कुरा समान बनाउन जे पनि गर्न तयार छन् ।
दुवै दिदी बहिनी विगत एक वर्ष देखि एउटै पुरुषसँग डेट जान्छन् । समान लुकले नपुगेर उनीहरुले लाखौं रुपैयाँ खर्चेर कस्मेटीक सर्जरीको माध्यमबाट स्तनको आकार र आँखीभौं समेत समान बनाएका छन् ।
उनीहरुको जागिर, कार, फेसबुक अकाउण्ट पनि एउटै छ ।
हिंड्दा सँगै हिंड्ने उनीहरु सँगै सुत्छन् । अहिले एउटै पुरुषलाई प्रेमी बनाएका उनीहरुले यस अघि पनि दुई भाइ वा मिल्ने साथीहरुलाई प्रेमी बनाएका थिए ।
अहिले उनीहरुका संयुक्त प्रेमी विद्युतको काम गर्ने बेन ब्रायन हुन् ।
उनीहरु भन्छन् 'आखिर हाम्रा सबै चाहाना एउटै छ भने केटा पनि एउटै मन पर्छ त्यति मात्र होइन सेक्स पनि एउटै पुरुषसँग गर्न मन पर्छ' ।
वाल्यकाल देखि नि यी दुई बहिनी सँगै रहेका छन् । उनीहरु विद्यालय सँगै गए र कलेज पनि सँगै पढे । यिनका मातापितालाई समेत कुन छोरी कुन हो भन्ने छुट्ट्याउन गाह्रो पर्थ्यो । खासगरी २०१० मा मृत्यु भएका उनीहरुका पिता ।