११ चैत, काठमाडौं । विदेशमा रहेका नेपालीलाई उनीहरुले बसोबास गर्ने देशमा रहेका नेपाली दूताबासबाट मतदान गर्ने अधिकार दिइनुपर्ने व्यवस्थापिका संसदमा आवाज उठेको छ ।
व्यवस्थापिका संसदको बैठकमा मंगलबार गृहमन्त्री वामदेव गौतमले निर्वाचनसम्बन्धी विधेयक प्रस्तुत गरेपछि छलफलमा भाग लिँदै सभासदहरुले सो विधेयकमा प्रवासी नेपालीलाई मतदानको अधिकार उल्लेख गर्न आग्रह गरेका हुन् । गृहमन्त्री गौतमले प्रस्ताव गरेको विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीले प्रवासी नेपालीलाई राजदूतावासमार्फत मतदानको अधिकार दिइनु पर्ने माग गरे ।
केसीको प्रस्तावमा एमाओवादीका सभासद रामनारायण विडारी लगायतले समर्थन गर्दै निर्वाचन कानूनमा प्रवासी नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । जनताबाट भोट लिने तर उनीहरुलाई अधिकार नदिने कार्य गलत भएको बिडारीले बताए । त्यसैगरी सभासद छाया शर्मा लगायतले वृद्धवृद्धाहरुलाई उनीहरुले बसोबास गर्ने स्थानबाटै मतदान गर्न पाउने ऐनमा व्यवस्था गर्नसमेत माग गरेका छन् ।
केसीको प्रस्तावको जवाफ दिँदै गृहमन्त्री गुरुङले संविधानसभाको चुनाव सकिइसकेको अवस्थामा त्यस्तो व्यवस्था गर्न आवश्यक नभएको जानकारी गराएका छन् ।
विदेशमा रहेका नेपालीले दूताबासबाट मतदान गर्न पाउने
news and entertainment
