टापु - जहाँ झुक्किएर पनि मान्छे जाँदैनन् (फोटो फिचर)
एजेन्सी ।
ब्राजिलको साओ पाउलो शहरबाट ९० माइलको दुरीमा आन्द्र महासागरमा एक टापु छ । जहाँ मान्छेहरु झुक्किएर पनि जाँदैनन् । साना साना चट्टान भएको यो द्वीपमा सर्पको डरले मानव बस्ती बस्न सकेको छैन ।
डा क्विमाडा क्विमान्डाग्रान्ड नामक यो टापुमा पाइने सर्प निक्कै विषालु मानिन्छ । पृथ्वीमा गोल्डन लान्सहेड सर्प यही टापुमा मात्र पाइन्छ ।
यो टापुमा प्रत्येक वर्ग किलो मिटरमा १ देखि ५ सर्प पाइने स्थानीयको भनाइ छ ।
यो सर्पले टोक्नासाथ मान्छेको तत्काल मृत्यु हुने भएका कारण बचाउने कुनै सम्भावना नै हुँदैन ।
यो सर्पले टोकेको शरीरको भागको मासु पग्लिने बताइन्छ । ब्रलिजमा सर्पदंशबाट हुने मृत्यु मध्ये ९० प्रतिशत गोल्डन लांसहेड सर्पको टोकाइबाट नै हुने गर्छ ।
यो सर्प आधा मिटर भन्दा बढी लामो हुन्छ । यही सर्पकै कारण टापु नै मानवका लागि प्रतिबन्धित गरिएको छ ।
