मेरो रसियन व्यायफ्रेण्ड छ`: जेनिशा केसी
‘आधी बाटो’ अभिनेत्री जेनिशा केसीले आफू विगत तीन वर्षदेखि रसियान युवकसँग प्रेममा रहेको खुलासा गरेकी छिन् । लण्डन गएको बेला दिदीको माध्यमबाट उक्त युवकसँग प्रेममा परेको जेनिशाले खुलाएकी हुन् ।
फिल्मीखबरसँगको विशेष कुराकानीमा जेनिशाले बिहे भने केही वर्ष पर्खनु पर्ने बताइन् । ‘आधी बाटो’का निर्माता रमेश त्यावनासँग कुनै खालको सम्बन्ध नरहेको समेत जेनिशाले स्पष्ट पारेकी छिन् । उनले भनिन्, ‘रमेश दाइ मेरो पापाको राम्रो साथी मात्रै हो ।’ चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ का निर्माता त्यावना र आफु बिच भएको अफयरको हल्लाबारे उनले ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको बताइन् ।
