तपाईको कम्प्युटर कसले प्रयोग गर्यो ? यसरी थाहा पाउनुहोस् सजिलै
मेरो कम्प्युटर वा ल्यापटप पछिल्लोपटक कहिले प्रयोग भयो ? सम्भवत यो सबैजसो कम्प्युटर प्रयोगकर्ताको चासो र चिन्ताको बिषय हो । किनकि अहिलेको जमानामा कम्प्युटर नै एउटा व्यक्तिको सम्पूर्ण सूचना भण्डार र सम्पत्ति हो ।
त्यही कम्प्युरटमा महत्वपूर्ण कागजात र सूचनाहरु राखिएका हुन्छन्, प्रयोगकर्ता के गरिरहेको र के गर्ने योजना बनाइरहेको भन्ने पनि यहींबाट थाहा हुन्छ । व्यक्तिगत कम्प्युटर उसको पर्सभन्दा पनि महत्वपूर्ण चीज हो भन्दा फरक नपर्ला ।
त्यसैले तपाईको कम्प्युटर पछिल्लोपटक कहिले प्रयोग गरियो भन्ने सूचनाले त्यो कसले प्रयोग ग¥यो र आफ्ना सूचनाहरु कसले थाहा पाइराखेको छ भन्ने पत्ता लगाउन सजिलो हुनेछ ।
यदि तपाईको घरमा केटाकेटीहरु छन् र उनीहरुले रातीको समयमा कम्प्युटरमा खेलेर बिताउने सम्भावना छ भने अन्तिमपटक प्रयोग कतिखेर भयो भन्ने सूचनाले तपाईलाई झनै सहयोग गर्ने छ ।
त्यसैले आज हामी तपाईलाई केही यस्ता सरल बिधिहरु बताउँदैछौं जसको सहयोगमा तपाई कुशल प्राविधिक नभई पनि आफ्नो कम्प्युटर पछिल्लोपटक कतिखेर प्रयोग भयो भन्ने थाहा पाउन सक्नुहुनेछ ।
कसरी थाहा पाउने ?
सामान्यतः तपाईले आफ्नो कम्प्युटरको रिसेन्ट प्लेसस फोल्डरबाट आफ्नो कम्प्युटरमा कुन समयमा कुन फोल्डर खोलियो भन्ने जानकारी लिन सक्नुहुन्छ । स्टार्ट मेनुमा रहेको सर्चमा गएर रिसेन्ट प्लेसस सर्च गर्नुभयो भने सो फोल्डर देखिने छ । त्यसलाई खोल्नुहोस्, त्यहाँ डेट मोडिफोइड शीर्षकमा कम्प्युटरमा पछिल्लोपटक खोलिएका फोल्डरको सूची देखिन्छ । त्यहाँ क्लिक गरेपछि तपाईले आजको दिन, यो साता, यो बर्ष लगायतका बिभिन्न अप्सन छानेर फोल्डर खोलिएको सूचना थाहा पाउन सक्नुहुन्छ ।
वेब ब्राउजर history मार्फत् पनि इन्टरनेटमा कुन फाइल चेक गरियो भन्ने जानकारी लिन सकिने छ ।

