किन र कसरि परे ८१ म्यानपावर कारबाहीमा
वैदेशिक रोजगार विभागले मोरङ, सुनसरी, झापा र कास्की जिल्लाका ८१ वटा म्यानपावरलाई कारबाही गरेको छ ।
ती जिल्लामा रहेका म्यानपावर कम्पनीहरुका शाखा कार्यालय तथा एजेन्ट कार्यालयहरुमा अनुगमनको क्रममा त्रुटि देखिएपछि ४४ वटा म्यानपावरलाई जनही रु एक लाखका दरले गरी रु ४४ लाख जरिवाना गरिएको र ३७ वटा म्यानपावरलाई सचेत पार्ने तथा चेतावनी दिने
निर्णय विभागले गरेको विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिनुभयो ।
विभागको टोली अनुगमनका क्रममा गत फागुनको दोस्रो र तेस्रो साता म्यानपावर कार्यालयमा जाँदा आवश्यक प्रक्रिया र म्यानपावर सञ्चालनसम्बन्धी न्यूनतम सर्तसमेत पालन नगरेको देखिएकाले कारबाही गरिएको हो ।
कारबाहीमा परेकामध्ये २० म्यानपावर कम्पनी कास्की जिल्लाका र बाँकी ६१ वटा मोरङ, सुनसरी, झापा जिल्लाका हुन् ।
