युक्रेनमा आकाशमा नेटोको विमान उड्न थाल्यो

२७ फागुन,काठमाडौं। उत्तर एटलाण्टिक सन्धि संगठन, नेटोका विमानहरुले युक्रेनको सीमावर्ती क्षेत्रमा अनुगमन गर्न थालेका छन् ।

नेटो प्रवक्ताले सोमबारदेखि अनुगमन शुरु भएको जानकारी दिएका छन् । पोल्याण्ड तथा रोमानियाबाट उड्ने नेटो विमानहरुले युक्रेनको सीमावर्ती क्षेत्रमा हुने युक्रेनी गतिविधिको अनुगमन गर्न थालेको पनि नेटो प्रवक्ताले बताएका छन् ।

युक्रेनको स्वशासित क्षेत्र क्रिमियामा सोमवार सम्पन्न जनमत संग्रह रसियाली नियन्त्रणको पक्षमा गएपछि नेटोले यो कदम चालेको हो ।
plane in the sky
युक्रेन र पश्चिमा राष्ट्रहरुले रुसी पकडलाई समर्थन गर्ने जनमत संग्हको परिणामलाई अवैधानिक भन्दै अस्वीकार गरेका छन् ।

जनमत संग्रहको नतिजा आफ्नो पक्षमा आउना साथ रुसी सेना र उनका क्रिमियाली समर्थकहरुले त्यहाँको एक सैनिक अस्पताल आफ्नो नियन्त्रणमा लिएका छन् ।

,

news and entertainment