हराएको विमानबारे मलेसियाले बोली फेर्यो, पाइलटले बोलेका अन्तिम शब्द सार्वजनिक

१८ चैत, एजेन्सी ।
मलेसियाली अधिकारीहरुले ८ मार्च देखि हराइरहेको विमनका चालकले अन्तिमपटक ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक गरेको भनिएको कुराकानीको नयाँ संस्करण सार्वजनिक गरेको  छ । 
hijacked 1

पछिल्लो पटक सार्वजनिक भएको कुराकानीको विवरण यस अघि सार्वजनिक गरिएको भन्दा फरक छ ।
पछिल्लो पटक सार्वजनिक विवरणमा पाइलटले अन्तिम पटक 'गुडनाइट मलेसियन थ्री सेभेन जेरो'भनेका थिए ।


मलेसियाली यातायात मन्त्रलायलले ति शब्द मुख्य पाइलट वा सहायक पाइलटका हुन् भन्ने फरेन्सिक विज्ञहरुले पत्ता लगाउने बताएका छन् ।
hijacked 2

मार्च ८ मा मलेसियाको राजधानी क्वलालम्पुरबाट चीनको बेइजिङका लागि उडेको २३९ जना सवार मलेसियन एयरलाइन्सको जम्बो जेट उडेको केही घण्टामै वेपत्ता भएको थियो ।
यस अघि फरक विवरण सार्वजनिक गरेका अधिकारीहरुले किन अहिले आएर नयाँ विवरण सार्वजिनक गरेका हुन् भन्ने प्रष्ट भएको छैन ।
hijacked 4

यस अघि अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एब्बटले विमानको खोजी सीमाबिहिन ढंगबाट भैरहेको बताइरहेका थिए ।
relatives crying 3
विमानका भग्नावेशष समुन्द्रमा देखिएको भनेर पटक पटक दावी गरिए पनि हाल सम्म पुष्टी हुन सकेको छैन ।

, ,

news and entertainment