हट हिरोइन पाएपछि ‘गैडाले मिडियालाई बिर्से

उसो त दुबै जनाको मिडियामा चर्चा कमाउने तरिका पनि हुनसक्छ । तर एक कार्यक्रममा हट आइटम गर्लको उपामा पाउँदै गएकी अर्चना देलाल र तितो सत्यमा ‘गैडा’ उपनामले चर्चित निर्मल शर्माको क्रियाकलाप गजबकै देखियो ।
कार्यक्रम चलिरहदा निर्मल र अर्चना निकट देखिए । अर्चनाले मोबाइल अघि सारेर दुबै जनाको फोटो खिच्न थाल्दा निर्मल अझ नजिक भए । मिडियाका क्यामेरा पनि दुईको यस्तो क्रियाकलापलाई कैद गर्न अघि सरे ।
तर मिडियाको कुनै प्रवाहा नै नगरी अर्चना र निर्मलले दुरी अझ नजिक बनाएका थिए । क्यामेरामा कैद भएको थाहा पाएपनि दुबैले एक अर्काको निकटतालाई टाढा बनाउन चाहेनन् । निर्मलले अर्चनाले फोटो खिच्न चाहेकाले खिचेको अनलाइनखबरलाई बताए । यता अर्चना पनि निर्मलसँग फोटो खिच्न पाउँदा आफैमा दंग थिइन् भने गसिपमा छाउने मोहले फुरुङ्ग पनि । 

, ,

news and entertainment