यस्तो छ पानीमा तैरने सहर
एक अमेरिकी कम्पनी यस्तो पानी जहाजको निर्माण गर्दैछ जुन विश्वको आठौ आश्चर्य समेत हुन सक्छ । उक्त कम्पनीले आफूले निर्माण गर्न लागेको जहाजको केही 'कम्प्युटर जेनेरेटेड' तस्विरहरू सार्वजनिक गरिएको छ ।
अमेरिकी कम्पनी फ्रिडम शिप इन्टरनेशनलले फ्रिडम सिप नामक जहाजको निर्माण गर्न लागेको छ । उक्त जहाज १ माईल लामो हुनेछ । उक्त जहाजमा स्कुल, पार्क, अस्पताल, रनवे, सपिङ मल, क्यासिनोको साथमा अन्य सबै सुविधा हुने बताइएको छ ।
फ्रिडम सिप इन्टरनेशनलका निर्देशन रोजर एम गूचका अनुसार फ्रिडम सिप अहिलेसम्मकै सबैभन्दा ठुलो पानीजहाज हुनेछ, जसलाई तैरिरहेको शहर समेत भन्न सकिनेछ । यस जहाज निर्माण गर्नका लागि कम्पनीले ६ अर्ब डलर लाग्ने अनुमान गरेको छ । अहिले विश्वमा देखिएको आर्थिक मन्दीका कारण उक्त जहाज निर्माण गर्न केही कठिनाई आउन सक्ने निर्देशक रोजरको भनाई छ । उनले आफूहरूले १ अर्ब डलर रकम जुटाउन सफल भएपछी उक्त जहाज निर्माणको कार्य सुरू गर्ने बताएका छन् ।
हेरौ कस्तो छ जहाज...
