अबैध रुपमा यौन सम्बन्ध राखेको आरोपमा महोत्तरीको गौरीवासकी एक महिला लाई स्थानीयबासिन्दाले एक युवकको जिम्मा लगाएका छन् ।
पति
बैदेशिक रोजगारीमा गएको बेला परपुरुषसँग सल्किएको भन्दै स्थानियबासीले
गौरीवास १ की २० बर्षिया महिलालाई धनुषाको बेंगाडाबर ७ का २२ बर्षिय युवकको
जिम्मा लगाएका हुन् ।
डेढ
बर्षिया एक छोरीकी आमा ती महिलाका पति बिगत १५ महिनादेखि दुवईमा छन् । ती
महिला र युवकबीच लामो समयदेखि यौन सम्बन्ध रहँदै आएको स्थानीयबासिन्दाको
आरोप छ ।
युवतीको
घरमा दुवै जनालाई एकै ठाउँमा फेला पारेपछि स्थानीयबासिन्दाले दुबैलाई
समातेर इलाका प्रहरी कार्यालय बर्दिवास लगेका थिए । बिहीबार दिउँसो प्रहरी
कार्यालयमा ठूलो संख्यामा भेला भएका स्थानियबासिन्दाले दुवैलाई बिवाह गर्न
दबाब दिएपछिउनीहरुले नजिकै रहेको राधाकृष्ण मन्दिरमा गएर सिन्दुरपोते गरेको
प्रहरीको भनाई छ । प्रहरी कार्यालयमा भएको छलफल र मन्दिरमा सिन्दुर पोते
गर्दा महिलाका घर तर्फका आफन्त र केटा पक्षका आफन्तहरुको सहभागिता थियो ।
ती महिलाका जेठाजुले भाईले आफूलाई फोनमा अब श्रीमतीलाई नस्वीकार्ने बताएपछि
अर्कैको जिम्मा लगाइएको बताए ।
जनार्दन पोखरेल
पति बिदेशमा भएकी महिलालाई गाउँलेले अर्केको जिम्मा लगाए
news and entertainment
