जेलबाट छुटेकै दिन डकैती रमेश खरेललाइ झट्का

२८ फागुन,काठमाडौं। अपराधीलाई जेल हालेपछि अपराध घट्ने प्रहरीको अपेक्षा हुन्छ । तर, चार वर्ष जेल परेर छुटेकै दिन एक व्यक्तिले डकैती गरेका छन् ।


काभ्रे पाँचखाल घर भएका कृष्ण गौतम २५ फागुनमा केन्द्रीय कारागारबाट छुटेका थिए । छुटकै दिन बेलुका उनले न्युरोड रन्जना गल्लीमा केदार ढुंगानालाई धम्क्याएर नगद तथा मोबाइल डकैती गरेका छन् । गौतमलाई त्यही दिन प्रहरीले पक्राउ गरी डाँका मुद्दामा कारबाही अघि बढाएको नयाँपत्रिकाले लेखेको छ। 


कारागार प्रशासनले दिएको कैद भुक्तान गरेको पत्रसमेत गौतमको खल्तीबाट बरामद भएको छ । महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी उमेशराज जोशीका अनुसार जेलमै रहँदा उनले त्यसरी डकैती तथा लुटपाटको योजना बनाएका थिए । साथी इमान तामाङलाई जेलमै बोलाएर उनले लुटपाटबारे छलफल गरेका थिए । पाँचजना मिलेर ढुंगानालाई लुटपाट गरेका थिए ।


लुटपाट गरेर भागेका पाँचैजनालाई जनसेवा प्रहरीले सोही दिन पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा गौतम र इमानसहित सविता तामाङ, सन्तोष लामा र सञ्जीव डंगोल छन् । डाँका मुद्दामा उनीहरूको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको डिएसपी जोशीले बताए ।


खासगरी लागुऔषध तथा चोरीका मुद्दामा जेल परेकाहरू छुटेलगत्तै पुन: अपराधमा लाग्ने गरेका छन् । कमजोर सजाय हुने भएकाले पक्राउ परे पनि छिटै छुट्ने भएकाले यसरी अपराधमा लाग्ने प्रहरीहरू बताउँछन् ।

,

news and entertainment