पारस र शरदको ब्याटिङले नेपालले बनायो १२६ रन
४ चैत,काठमाडौ । टी-२० विश्वकपमा नेपालले बंगलादेश विरुद्ध प्रभावशाली खेल देखाउन सकेन। नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेल र सागर पुन पुनः एकपटक असफल रहे। तेस्रो नम्वरमा आएका ज्ञानेन्द मल्लले खास योगदान दिन सकेनन।
लगालग विकेट झरेर बेहाल भएको टिमको अवस्थालाई कप्तान पारस कप्तान पारस खड्का र शरद भेषवाकारले सम्हालेपनि रनगति भने बढाउन सकेनन् र नेपालले सामान्य स्कोर मात्र खडा गर्न सक्यो। पारसले नेपालका लागि ४१ रनको योगदान दिए भने शरदले ४० रन बनाए।
दुइ खेलाडीबीच ८५ रनको साझेदारी भएको थिए । यो नेपालले अन्तरराष्ट्रिय खेलमा गरेको सवै भन्दा ठुलो साझेदारी थियो।
अन्तिम ओभरमा डट बल खेलेर विनोद भण्डारीले टिमलाई चोट पुर्याए । उनले अन्तिम ओभरमा ४ बल डट खेल्दा नेपालले ठुलो धक्का लाग्यो ।
