बंगलादेशद्धारा नेपाल ८ विकेटले पराजित

४ चैत,काठमाडौ ।   टी-२० विश्वकपको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ। नेपालले पहिलो ब्याटिङ गरेर १२७ रनको लक्ष्य बंगलादेश सामु प्रस्तुत गरेको थियो। 
बंगलादेशले लक्ष्य २ विकेट गुनाएर १५.३  ओभरमा सहजै पुरा गर्यो।

बंगलादेशको लागि इनामल हकले ४२ रन र शकिव अल हसनले ३७ रन बनाएका थिए। आजको खेलमा नेपालका बलरहरु निरिह देखिएका थिए ।

टी-२० विश्वकपमा नेपालले बंगलादेश विरुद्ध ब्याटिङमा प्रभावशाली खेल देखाउन सकेन। नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेल र सागर पुन पुनः एकपटक असफल रहे। तेस्रो नम्वरमा आएका ज्ञानेन्द मल्लले खास योगदान दिन सकेनन।

लगालग विकेट झरेर बेहाल भएको टिमको अवस्थालाई कप्तान पारस कप्तान पारस खड्का र शरद भेषवाकारले केही सम्हालेपनि रनगति बने बढाउन सकेनन् र नेपालले सामान्य स्कोर मात्र खडा गर्न सक्यो।

पारसले नेपालका लागि ४१ रनको योगदान दिए भने शरदले ४० रन बनाए। दुइ खेलाडीबीच ८५ रनको साझेदारी भएको थिए ।

,

news and entertainment