कलाकारले येसरी हौसला दिए क्रिकेट टिमलाइ (तस्बिरहरुसहित)
आज साँझ हुने नेपाल र अफगानिस्तानको महत्वपूर्ण खेलमा नेपाली खेलाडीलाई हौसला बढाउन समर्थकहरु स्वःस्फुर्त रुपमा राष्ट्रिय जर्सीमा सजिएर हिँडिरहेका छन्। सर्वसाधारणदेखि मुलुकका चर्चित अनुहारलाई पनि बंगलादेशमा नेपालले खेलिरहेको विश्वकपले तानिरहेको छ। जर्सी बेच्चे पसलमा नेपाली समर्थकको भीड नै लागेको छ। चर्चित कलाकार हरिबंश आचार्यले देशको राष्ट्रिय जर्सी लगाएर खेलाडीको समर्थन गरिहरेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमले बंगलादेशमा ट्वान्टी–ट्वान्टी विश्वकपमा अहिले केहीबेरमा बलियो प्रतिद्धन्दी बंगलादेशसँग खेल्न लागिहरहेको बेला बंगलादेश पुगेर प्रत्यक्ष साथ र हौसला दिन नपाए पनि राष्ट्रिय जर्सीमै सजिएर नेपालको खेलमा साथ दिइरहेका छन् ।
काठमाडौं लगायत मुलुकभरका नेपाली समर्थक राष्ट्रिय टोलीको जर्सी किन्दै छन्। छातीको देब्रेपट्टी नेपालको राष्ट्रिय झण्डा र नेपाल क्रिकेट संघ क्यानको लोगो अनि दाहिने पट्टी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको लोगो अंकित निलो रंगको जर्सी किन्न आएकी काठमाडौं रञ्जु ज्ञवालीले नेपाल विश्वकपमा पुग्नु नै ठूलो भएको बताइन्। पहिलो खेलमा हङकङलाई जितेकोमा खुसीको सिमा नै नरहेको भन्दै आज पनि बंगलादेशलाई हराउनेमा विश्वस्थ छिन् । मैदानमै गएर समर्थन गर्न नपाएपनि देशको लागि जर्सी किनेर साथ दिएको उनले बताइन्।
नेपाली क्रिकेट टिमको जर्सी लगाएर हिंड्ने र नेपालको खेल भएका दिन त्यही जर्सी लगाएर टेलिभिजनमा खेल हेर्नेको संख्या उल्लेख्य छ। जर्सी किन्नेहरु नजिककैको पसलमा ओइरिएका छन्। पसलमा जर्सीनै सकिएकोले दिनै नसकिएको व्यापारीको गुनासो छ।
नेपाली क्रिकेटको जर्सी लगाएको तस्बिर खिचेर फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल पनि क्रिकेटमय भएको छ।
नेपाली टिमको जर्सी प्रायोजन गरेको सिंगापुरे कम्पनी बिएस स्पोर्टसले गरेको हो।
