दिपक मनाङेको हिरासत फेरि थप

गुण्डागर्दी र अपराधमा कहलिएका दिपक मनाङेलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार फेरि सात दिनका निम्ति हिरासत बढाएको छ।
 
उनलाई हथकडी सहित प्रहरीको ट्रकमा राखेर दिउँसो जिप्रका लगिएको थियो।
 
बास्तविक नाम राजीव गुरुङ रहेका उनले ठमेललाई आधार क्षेत्र बनाएर आपराधिक कार्य गर्दै आएका छन्।
 
यसअघि अबैध रुपमा १४ करोड ७३ लाख रुपैयाँ थुपारेको भन्दै सम्पत्ति सुद्धिकरण विभागले उनी विरुद्ध मुद्दा दायर गरेको थियो। त्यसपछि केहि समय फरार बताइएका उनलाई गत भदौमा पक्राउ गरिएको थियो। त्यतिबेला २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि डिल्लीबजारस्थित सदर खोरमा राखिएको थियो। यसरी जेल बस्दै आएका मनाङे संविधानसभाको चुनावअघि भने धरौटी बुझाएर मुक्त भएका थिए।
 
अहिले भने रमेश खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि उनी फेरि प्रहरी हिरासतमा पुगेका हुन्। उनलाई व्यापारीलाई धम्क्याएर रकम असुली गरेको अभियोगमा पक्राउ गरिएको हो। गत फागुन १३ गते दशरथ रंगशालामा फुटबल हेर्न पुगेकै बेला प्रहरीले उनलाई कब्जामा लिएको थियो।

, ,

news and entertainment