यस्तो देखियो पत्रकारहरुको निर्वाचन(फोटो फिचरसहित)

chalchitra-patraka-rchunab
कुल ६३ मतदाता मध्ये ३ मत बदर भएको चलचित्र पत्रकार संघको निर्वाचनमा अध्यक्ष पदमा शान्तिप्रियले ४० मत ल्याएर विजयको झण्डा फरफराए । उनका निकटतम प्रतिद्धन्दी डब्बु क्षेत्री २० मतमै खुम्चिएका थिए ।
यता उपाध्यक्ष-संगठन) तर्फ भने बिष्णु सुवेदीले अर्का प्रत्याशी अशोकप्यासी राइलाई हराए । बिष्णुले ३२ मत ल्याउँदै गर्दा अशोकले भने २८ मत ल्याएका थिए । उपाध्यक्ष(कार्यक्रम) तर्फ भने लक्ष्मण सुवेदीलाई चुनौती दिने कोही नआउँदा उनी निर्विरोध निर्वाचित भएका छन् ।
महासचिव पदमो सन्दिप सापकोटा र राजन घिमिरेको घम्साघम्सी चर्को देखिएको थियो । सन्दिपले ३३ मत प्राप्त गर्दै गर्दा राजनले भने २८ मत ल्याएका थिए । लामो समयदेखि आफूलाई महासचिव पदको उम्मेदवार भनेर प्रचार गरेतापनि राजनले सफलता पाउन सकेनन् । निर्वाचनको २ दिन अघि मात्र आफ्नो उम्मेदवारी दिएका सन्दिपलाई विजयी हुन अन्तिम मतसम्म पर्खनु परेको थियो ।parsad-sahit-bijai
कोषाध्यक्ष पदमा भने कुबेर डंगोल ४० मत ल्याएर कार्यसमितीमा चयन हुँदै गर्दा महिला उम्मेदवार शारद थापा भने २१ मतमै खुम्चिएकी थिइन् । सचिव पदमा दिनेश सिटौला ३९ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीद्धय कुवेर गिरी र धनबहादुर खड्काले क्रमश १३ र ८ मत ल्याए ।
सदस्य पदका लागि चर्को भिडन्त देखियो । ५ सदस्यिय पदका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा सुमन गैरे र किरण खनाले ३२-३२ मत प्राप्त गरे । यस्तै गीता अधिकारी ३१, विजय सुवेदी ‘आवाज’ ३० र निमेष गौतम २९ मतका साथ विजयी भए ।
यस्तै ९ सदस्यका लागि भएको केन्दि्रय पार्षद निर्वाचनमा विदुर गिरी ४९, सन्तोष रिमाल ४२, दयाराम पाण्डे ३५, नवराज लम्साल ३५, कृष्ण भट्टराई ३३, धु्रव लम्साल ३०, नरेश भट्टराई २९, ऋषिराम कट्टेल २५ र अनन्त वाग्ले २३ मतका साथ विजयी भए । अर्का उम्मेदवार प्रदिप निरौलाको पनि २३ मत आएपछि लक्की ड्र मार्फत अनन्त विजयी भएका थिए ।
विजयी भएपछि अध्यक्ष शान्तिप्रियले संस्था र पत्रकारहरुको हितका लागि काम गर्ने बताए । कार्यक्रमको सुरुवातमा छैठौ अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोहमा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सम्मानित हुनेमा पत्रकार अनन्त वाग्ले छन् । ananta-wagle
यस्तै पुरस्कृत हुने दुई पत्रकारमा जयनसुब्बा मानन्धर र अशोकप्यासी राई रहेका छन् । दुबैलाई १५ हजार ५ सय ५५ नगद सहित विभिन्न गिफ्ट ह्याम्परले सम्मानित गरिएको थियो । चलचित्र पत्रकार संघको नयाँ कार्यसमितीको कार्यकाल ३ बर्षको हुनेछ । निर्वतमान अध्यक्ष विदुर गिरीले नयाँ अध्यक्ष शान्तिप्रियलाई कार्यभार सुम्पेका थिए ।
 http://www.onlinekhabar.com

, ,

news and entertainment