डा. उपेन्द्र देवकोटाकी छोरी अपहरणकारी रमेश खरेलको फन्दामा

मोस्ट वान्टेड अपराधीलाई खोजेको पाँच वर्षपछि महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ । डा. उपेन्द्र देवकोटाकी छोरी मेघाको अपहरण तथा एक दर्जनभन्दा धेरै हाई प्रोफाइल डकैतीमा संलग्न गोकुल गिरी मंगलबार राजधानीमा पक्राउ परेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार एसएसपी रमेश खरेलको विशेष टोलीले राजेश क्षेत्री उपनाम भएका गिरीलाई पक्राउ गरेको हो । डा. देवकोटाकी छोरीलाई अपहरण गरी ललितपुरको एक घरमा बन्धक बनाएर फिरौती लिन गिरीको समूह सफल भएको थियो । घटनामा संलग्न केही व्यक्ति पक्राउ परे पनि नाइके थापा भने प्रहरीलाई छल्न सफल भएका थिए ।
मोस्ट वान्टेड सूचीमै रहेका वेला उनले राजधानीका विभिन्न ठाउँमा करोडौँको डकैती गरिसकेका छन् । काभ्रे सुब्बागाउँ घर भएका गिरीलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि लामो समयदेखि सक्रिय थियो ।
गिरीको समूहले ०६५ को भदौमा डा. देवकोटाकै घरबाट उनको छोरी मेघालाई अपहरण गरी घरमा डकैतीसमेत गरेको थियो । त्यतिवेला देवकोटाको घरबाट डेढ करोडबराबरको डकैती गरेका उनीहरूले एक करोड ३० लाख रुपैयाँ लिएर मुक्त गरेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरी घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो । तर, अपहरणका नाइकेहरू गिरीसहित, केशव दर्लामी, राजु थापालगायत भने फरार हुन सफल भएका थिए । दुई वर्षअघि भेष बदलेर मिनिरल वाटरको व्यवसायमा संलग्न भएको वेला थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो ।
स्रोतका अनुसार करिब डेढ वर्षअघि ललितपुरमा पूर्वराजा ज्ञानेन्द्रका आफन्त जोधा परिवारमा पनि गिरीको समूहले एक करोडभन्दा धेरै डकैती गरेको थियो । सो घटनाको अनुसन्धान गर्न प्रहरीले विभिन्न टोली गठन गरे पनि सफल हुन सकेको थिएन । पछि ललितपुरमै भएको अर्काे एक डकैतीमा दुईजना अभियुक्त पक्राउ परेपछि सो डकैतीमा मोस्ट वान्टेड गिरी संलग्न भएको खुलेको थियो ।
प्रहरीलाई अनुसन्धानका लागि कुनै पनि गल्ती नछोडी गिरीको समूहले डकैती गर्दै आएको थियो । मेघाको अपहरणपछि भारत गएका गिरीले पछि नेपालमै आई डकैतीको धन्दा सुरु गरेका थिए । कहिले भारत र कहिले नेपाल बस्ने भएकाले उनलाई पक्राउ गर्न निकै मुस्किल परेको प्रहरीले जनाएको छ । गिरीलाई काठमाडौं प्रहरीले बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

, ,

news and entertainment