बलिउड अभिनेत्री अमीषा पटेल माथि हातपात ! भिडियो सहित
मंगलबार, बैशाख ९,
एजेन्सी। बलिउड नायिका अमीषा पटेललाई जिस्कएको कुरा बाहिर आएको छ।अमीषा हालै एक ज्वेलरी शोरूमको लन्चको सिलसिलामा गोरखपुर, उत्तर प्रदेश गएकि थिइन्। सामान्य कपडामा पुगेकी अमीषाले पहेलो रंगको कुरता सुरुवाल लगाएकी थिइन्।
अमीषालाई हेर्नको लागि शोरूम बाहिर भीड जम्मा भएको थियो।त्यही कम्रमा जब उनी भीड सँगै शोरूम भित्र जानै लाग्दै गर्दा एक युवकले उनलाई जबरदस्ती गरेको कुरा भारतिय सञ्चार माध्यम नभ भारत टाइम्समा खवर छ।
अमीषा युवकको जबरदस्तीबाट आक्रान्त भएर युवकलाई थप्पड बजाइन। यस घटनाले अमीषालाई धेरै दुखी बनाएको उनका निकटका साथिहरुले बताएको खवर छ। त्यसपश्चात उनि तुरन्त शोरूमको लन्च गरेर त्यहाबाट होटल गइन् जहाँ उनि बसेकी थिइन्। उनि केहि समय होटलमा बसेर मुंबई प्रस्थान गरिन्।