पोल्याण्डमा ४० तलामाथि झुण्डिए सलमान
आफ्नो एक्सन पाटोका कारण सबैको मन जित्ने बलिउड नायक सलमान खान यसपटक पनि नयाँ अवतारका साथ प्रस्तुत हुदैछन् । सलमानको नयाँ चलचित्र ‘किक’ ईदको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।
यो सिनेमाको एक एक्सन दृश्यका लागि नायक खानले डरलाग्दो स्टन्ट दिएका छन् । उनले पोल्यान्डको एक भव्य घरको ४० तलाबाट हाम फालेका छन् । सलमान ४० तालमाथि एउटा डोरीमा झुन्डिदै गरेको तस्बिर अहिले चर्चामा छ ।
यो दृश्य छायांकनका लागि करिब ५ घन्टा लागेको बताइन्छ । सलमानले यो दृश्य दिइरहदा फिल्म यूनिट नै चकित भएको थियो ।