झन् मौलायो यौन धन्दा, ‘नगरवधु’हरुका ‘लाइफस्टाइल चेन्ज’

पोखरा । अघोषित रेडलाइट एरिया मानिने बागलुङ बसपार्कमा चेकिङ पोस्ट राखेर कास्की प्रहरीले त्यहाँबाट पेशेवर यौनकर्मी युवतीहरुलाई हटाए पनि पोखरामा यौन क्रियाकलाप घटेको छैन ।

जानकारहरुका अनुसार यो व्यवसायमा कुनै मन्दी पनि आएको छैन । पोखरामा यौन व्यवसाय झन् मौलाउँदो छ ।

एकै ठाउँमा मात्रै केन्द्रित यौन व्यवसाय अहिले पोखरा आसपासका क्षेत्रमा पनि फैलिएको छ । यसर्थः यौनकर्मका लागि ‘डेस्टिनेशन चेन्ज’ भएको छ । स्रोतका अनुसार यौन व्यवसाय चलाउने शैलीमा पनि परिवर्तन आएको छ ।

पहिले जसरी ‘नगरवधु’हरु अहिले ग्राहकको पर्खाइमा रेस्टुरेन्ट र होटलमा बस्न छाडेका छन् । उनीहरुको लवाइखवाइमा पनि परिवर्तन आउँदै गएको छ । वासस्थान फरक छ । यौन व्यवसाय यस अघि पोखराको बागलुङ बसपार्कमा मात्र थियो भने अब यो पोखराका हरेक बस्तीमा फेलिएको छ भन्दा फरक नपर्ला ।

रेट बढाउँदै लाइफस्टाइल चेन्ज

स्रोत भन्छ, ‘पहिलेको भन्दा ‘लाइफस्टाइल चेन्ज’ भएकै कारण अहिले उनीहरुले ‘रेट’ बढाएका छन् ।’ सबैभन्दा बढि मोबाईलको प्रयोग गरेर यो व्यवसाय संचालन हुँदै आएको स्रोतको कथन छ । यौनकर्मीहरुको लवाइखवाइमा आएको विकास र चुनौती कम हुने भएपछि पोखरामा यौन व्यापार अझै बढि ‘ग्लामरस’ बन्दै गएको छ ।

भाडाको घरबाट यौन धन्दा

यौन व्यवसाय भाडाका घरहरुबाट सञ्चालन हुँदै आएको स्रोतको दाबी छ । कसैले शंका नपाउने गरि कुनै घर या फ्ल्याट भाडामा लिएर नगरवधुहरुले व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यसरी चल्दै आएको यौन व्यवसायलाई मध्यस्तकर्ताहरुले युवती र ग्राहकको भेट गराइदिन्छन् । कसैले चालै नपाउनेगरि उनै मध्यस्तकर्ताले युवतीको घरसम्म ग्राहक पुर्‍याइदिन्छन् र केही रकम आफू पनि असुल्छन् । ‘अहिले त झन् यो व्यवसायकै कारण ग्राहक मिलाउनेहरुलाई पनि फाईदा पुगेको छ ।’ स्रोतको कथन छ ।

स्रोतका अनुसार पोखरामा यस्ता अखडाहरु धेरै छन् जहाँबाट यौन व्यवसायले अझै गति लिइरहेको छ । मध्यस्तकर्ताहरुले सुरक्षाको हिसाबले सजिलो पर्ने भएकोले भारतीय पर्यटकहरुसंग बढी डिल गर्ने स्रोत बताउँछ ।

त्यस्ता व्यवसायीलाई भाडामा कोठा दिदाँ भनेजति भाडा पाइने भएपछि घरबेटीले पनि बेवास्ता गर्ने गरेका छन । ‘हेर्दा स्कुल, कलेज पढ्न बसेको जस्तो देखिने तर रातभरी र दिनभरी थरिथरिका मानिसहरु आउने गर्छन्’, एक महिलाले भनिन्, ‘सुरुमा त पढ्न बसेका नानिहरु जस्तो लागेको थियो तर पछि चालचलन हेर्दै जाँदा त व्यवसायी पो रहेछन् ।’

प्रहरी कार्यालय अघि नै धन्दा

प्रहरीको मुख्य कार्यलय भएको स्थानमा नै व्यवसायीहरु बस्ने गरेको स्रोतले बताउँछ । यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख बसन्तकुमार लामाका अनुसार अधिकांश यौनकर्मी युवतीहरु अहिले गाउँ फर्किसकेका छन् ।

यद्यपी पोखराका विभिन्न स्थानमा फरक शैली र तरिकाले यौनधन्दा सञ्चालन भैरहेको कुरालाई भने उनले नकारेनन् । बागलुङ बसपार्कबाट विस्थापित भएका केही पेशेवर युवतीहरुले डेरा लिएर पनि व्यवसाय संचालन गर्ने गरेको उनले पुष्टी गरे ।

‘यस्ता प्रकृतिका यौनव्यवसायीलाई अहिले हामीले खोजिरहेका छौँ ।’ एसपी लामाले भने, ‘सकेसम्म कडाइ गरिरहेका छौँ, यसका लागि हामीलाई होटलवाला, नागरिक सबैको सहयोग चाहिन्छ ।’

केही दिन अगाडि कास्की प्रहरीले सादा पोशाकमा ग्राहकको रुपमा दुई जना केटीलाई प्रक्राउ गरेको थियो । केटी चाहियो भनेर फोन गरेपछि होटल वालाले नै केटी मिलाइदिएको थियो । प्रहरीले होटल सञ्चालक र दुई जना महिलालाई पक्राउ गरेको थियो ।

, ,

news and entertainment