अस्पतालले उपचार गराइरहेको बालकसँग मृतकबालक साटेपछि

बुटवल ११ वैशाख,उपचार गराइरहेको बालकको सट्टा अस्पतालले मृत बच्चा दिएपछि बटुवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा तनाव सृजना भएको छ । आम्दाले उपचारका लागि ल्याइएको बालकको सट्टा मृत बालिका अभिभावकलाई जिम्मा लगाएपछि तनाव सृजना भएको छ ।

बुधवार भीम अस्पताल भैरहवामा रिफर गरे.र आम्दा अस्प्ताल प¥याएको बच्चा राती १२ बजे मृत्यु भएको भन्दै अस्पतालले अविभावकलाई जिम्मा लगाएको थिए । राती जिम्मा पाएको बच्चा बिहान परिवारले दाहसस्कार गर्नेक्रममा आफ्नो बच्चा नभएको जानकारी पाएपछि फर्काएर अस्पताल पुरयाएका थिए ।

उनीहरुले छोरा अस्पताल भर्ना गरेकोमा अस्पताले मृत्यु भएको भन्दै छोरी दिएको थियो । भीम अस्पतालको रेकर्ड देखाएपछि अस्पतालले गल्ती भएको स्वीकार गर्दै तीन सदस्यीय समिति गठन गरेको पत्रकार इन्दीरा अर्यालले जानकारी दिइन ।

अस्पतालले बालकको उपचार निशुल्क गरिदिने प्रतिवद्धता पनि जनाएको छ ।  अस्प्तालले फाइल साटिएकाले दुर्घटना हुन गएको र अरु कुनै नियत नभएको दावी गरेको छ।  यसअघि पनि अस्पतालमा पटक पटक बालकसँगका घटना सार्वजनिक भइसकेका छन् ।

, ,

news and entertainment