अरु केटासँग बोलेको भन्दै श्रीमतीलाइ श्रीमानले करेन्ट लगाए


विरानटगर, वैशाख ११ – श्रीमानको कुटाइबाट मोरङको बिराटनगर ११ की एक महिलासहित उनकी १४ वर्षकी छोरी गम्भीर घाइते भएका छन् । श्रीमानको कुटाईबाट स्थानीय गीता साह र उहाँकी १४ वर्षकी छोरी अञ्जली घाइते भएका हुन् ।
श्रीमानले कुटेपछि गीता अहिले माइतीको सरणमा पुग्नु भएको छ । विदेश पुगेर फर्किएका श्रीमान गणेश साहको कुटपिटबाट उनीहरु घाइते भएका हुन् । श्रीमानले केटासँग बोलेको तथा छोरा नपाएको भन्दै आफूलाई कुटपित गरेको पीडित गीताले बताउनुभयो ।
उहाँले बुधबार श्रीमानले छोरी र आफूमाथि कुटपिट गरेको बताउनुभयो । श्रीमानको कुटाइबाट छोरी बोल्न नसक्ने भएको र आफ्नो हातमा करेन्ट लगाएकाले हात नचल्ने भएको गीतको गुनासो छ ।
श्रीमानको यातनापछि दुई छोरी लिएर गीता माइत पुग्नुभएको छ ।
गीताका बाबु रामचन्द्र साहले भने अब ज्वाईं विरुद्ध ज्यान मुद्दामा उजुरी हाल्ने बतानुभयो । प्रहरीले गिताका श्रीमान गणेशलाई पक्राउ गरेको छ ।

, ,

news and entertainment