आफूसँग भएको पैसाको स्रोत खुलाउन नसक्दा प्रहरीले पक्रियो इन्द्रलाललाई

बैशाख ११, काठमाण्डौ । आफूसँग भएको पैसाको स्रोत खुलाउन नसक्दा सिन्धुपाल्चोक टोकनपुरका एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ज्याठामा बा ७ च ९३२ नम्बरको कारमा सवार इन्द्रलाल श्रेष्ठको साथबाट ७६ लाख २९ हजार नेपाली रुपियाँ बरामद गरेको थियो ।

प्रहरीले उक्त रकम कहाँबाट कुन प्रयोजनका लागि ल्याएको भन्दै सोधपुछ गर्दा श्रेष्ठले उक्त रकमको बारेमा जानकारी दिन नसकेपछि प्रहरीले रकमसहित उनलाई राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

चिनियाँ व्यापारीसँग मिलेर नेपालबाट अवैध रूपमा विदेशी मुद्रा लैजाने उद्देश्यले श्रेष्ठले उक्त रकम ल्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ।

नेपालबाट अवैध रूपमा विदेशी मुद्रा चीन लैजाने र चीनबाट सुन खरिद गरेर नेपाल ल्याई उक्त सुन तेस्रो मुलुक लैजाने गिरोहमा श्रेष्ठको संलग्नता रहेको हुन सक्ने प्रहरीको आशंका पाइएको छ।
- नेपाल समाचार पत्र 

,

news and entertainment