शाहरुखभन्दा कपिल लोकप्रिय

बलिउडका सदाबहार अभिनेता ‘किङ खान’ अर्थात शाहरुख खानका करोडौ फ्यान छन् | उनको स्टार भ्यालु बलिउडका अन्य कलाकारको भन्दा धेरै छ | उनको क्रेज यतिसम्म छ की उनलाई आफ्नो चलचित्रमा खेलाउन बलिउडमा घम्साघम्सीनै चल्ने गर्छ | उनका फेसबुक र ट्वीटरमा लाखौ फ्यान छन् तर ती लाखौ फ्यान रहेका शाहरुखलाई फेसबुक लाइक्समा ‘कमेडी किंग’ कपिल शर्माले उछिनेका छन् |
saharukh khan
८३ लाख लाइक्सको पेज सम्हालिरहेका शाहरुखलाई रातारात सेलिब्रेटी बनेका कपिलले १० लाखभन्दा बढी लाइक्सले जितेका हुन् । यस हिसाबले शाहरुखलाई भन्दा कपिललाई रुचाउने बढी देखिएका हुन् । कपिलको सातामा दुई दिन शनिबार र आइतबार आउने टीभी शो ‘कमेडी नाइट्स विथ कपिल’ ले यतिबेला मार्केट पिटिरहेको छ । ग्राउन्ड लेभलबाट माथि उठेका कपिलले कुनै बेला यस्तै संघर्षबाट सफलताको शिखर चुमेका शाहरुखलाई चुनौती दिएका छन् |
kapil sharma fb
‘यसको मतलब यो नहोस् कि शाहरुखको भन्दा मेरो बढी फलोअर्स छन् । उनी त लिजेन्ड हुन् । यदि मैले आफूलाई शाहरुखलाई जितेको घमण्ड पाले भने त्यो मेरो नालायकीपना हुनेछ । सस्तो प्रचारबाजी मात्रै हुनेछ,’ फेसबुक लाइक्सको तथ्यांकपछि कपिलले भनेका छन् । त्यसो त कपिल अझै पनि अमिताभ बच्चन र सलमान खानभन्दा पछि नै छन् |
पछिल्लो समय ‘चेन्नाई एक्सप्रेस’ बाट बक्सअफिसमा धमाकेदार कलेक्सनको रेकर्ड राखेका शाहरुखद्वारा निर्मित फिल्म ‘न्यु इयर’ ले रिलिज अगावै दुई सय करोड भारुको व्यापार गरिको खबरले शाहरुखलाई झन् चर्चामा ल्याइदिएको छ |

, ,

news and entertainment