यौन आनन्द लिँदै गर्दा ९ जना पक्राउ

इटहरी : सुनसरीका विभिन्न होटलमा यौन आनन्द लिइरहेको अवस्थामा नौजनालाई प्रहरीले पक्राउ गरेको छ। इटहरीका होटल संचालकहरूले होटलमा आउने ग्राहकसँग रकम असुलेर यौन सन्तुष्टि लिन चाहनेका लागि यौनकर्मी मिलाइदिने गरेको रहस्यसमेत खुलासा भएको छ ।


बिहीबार मात्र इटहरी ८ स्थित संगीता होटलको माथिल्लो तलामा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले दुई जोडिलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले पक्राउ गरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विद्यानन्द माझिले बताए। पक्राउ परेका चारैजनालाई पक्राउ गरि कारबाहीका लागि अनुसन्धान थालिएको माझीले बताए।

त्यस्तै केहि दिन अगाडि इटहरीको पेरिस होटलमा रहेका पाचँ जनालाई पक्राउ गरि सार्बजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ। पेरिस होटलमा आएका ग्राहकहरुको यौन सन्तुष्टि मेटाउने उदेश्यले होटल संचालकले युवतीलाई सम्पर्कमा राखेर यौन धन्दा चलाउने गरेको विशेष सुराकीको आधारमा होटलमा छापा मार्दा उनीहरुलाई  भेटिएको डीएसपी माझीले बताए। उनले पेरिस होटलमा युवतीसंग भेटिएका अन्य तीन पुरुष भाग्न सफल भएकाले पक्राउ गर्न नसकिएको बताए।

विगत केही समय यता इटहरीका होटल संचालकहरुले होटलमै युवती राखेर यौन धन्दा चलाउँदै आएका कारण पटक-पटक ती होटलबाट युवा युवतीलाई पक्राउ गरी कारबाही गर्दा समेत यस्ता प्रकारका अनैतिक गतिविधि संचालन भैरहेको डिएसपी माझीको भनाई छ।

विशेष गरी इटहरीको पश्चिम क्षेत्र र बसपार्कको वरपर संचालित होटलहरूमा यस्ता अनैतिक काम हुने गरेको प्रहरीले बताएको छ। प्रहरीले हाल सम्म २ सय भन्दा बढी अनैतिक कार्य गर्ने पुरुष तथा महिलाहरु लाई पक्राउ गरेर मुद्दा चलाए पनि नियन्त्रणमा समस्या भएको प्रहरीको भनाई छ। यौन व्यबसायमा संलग्न दीपा (नाम परिवर्तन) ले गरिबीका कारण आफूले उक्त काम गर्ने गरेको बताइन्। उनले एक पुरुषसँंग आधा घण्टा यौन सम्पर्क राखे बापत ४ हजार रुपैयाँसम्म लिने गरेको वताएकी छिन् ।

, ,

news and entertainment