विवाह गरेको १ महिना नहुँदै आमा बन्ने तयारीमा रानी मुखर्जी

बलिउड अभिनेत्री रानी मुखर्जीले हालै गुपचुपमा गरेको विवाह सञ्चार माध्यममा हेडलाइन बनेको थियो । रानी मुखर्जी र निर्माता आदित्य चोपडाले विवाह गरेको १ महिना पनि नबित्दै उनको विषयमा अर्को हेडलाइन बनेको छ ।

उनको विवाहको आधिकारिक पुष्टी हुन नपाउँदै रानी आमा बन्ने तयारीमा रहेको खुलासा भएको हो ।

खासमा रानी आदित्यले रानी गर्भवती भएका कारण नै गुपचुप विवाह गरेको हुन सक्ने अडकलबाजी समेत गरेका छन् ।
केही दिन अघि सासु पामेला चोपडाका साथमा एक कार्यक्रममा पुगेकी रानी विवाहित महिलाको पहिरनमा निक्कै सजिएकी थिइन् । सिउँदोमा सिन्दुरसहित नवदुलहीको पहिरनमा रहेकी रानी सुन्दर देखिएपनि उनले पेट भने छोपीनै रहिन् ।
केही मोटी देखिएकी रानीको अनुहारमा देखिएको चमकले पनि उनी आमा बन्न लागेको भन्ने अनुमानलाई बल पुर्याएको हो ।


रानी मुखर्जीको गतिविधीले कुनै बेला आमा बन्न लाग्दा लाजले पेट चुन्नीले छोपेर सार्वजनिक भएकी अभिनेत्री काजोलको सम्झना गराएको छ ।
रानी मुखर्जीको विवाहमा कसैलाई पनि निमन्त्रणा नदिइनुको कारण समेत उनी गर्भवती भएका कारण हुन सक्ने अनुमान सञ्चचार माध्यमले गरेका छन् ।

, ,

news and entertainment