श्रीमानले घरबाट निकालेपछि दुई छोरासहित महिला

सल्यान, जेठ ८ – श्रीमानले घर निकाला गरेपछि हिवल्चा गाविस वडा नम्बर ५ स्यालाकी ४९ वर्षीया भीमकुमारी कवर दुई छोरासहित अलपत्र पर्नुभएको छ ।
गएको वैशाख ३० गते राति श्रीमान धनबहादुर कवरले दुई छोरासँगै घरबाट निकालीदिएपछि उनीहरु अलपत्र परेका हुन् ।
नौ दिनदेखि उनीहरु न्याय माग्दै सदरमुकाममा भौंतारिरहेका छन् । गएको वैशाखमा न्यायका लागि प्रहरी कार्यालयमा पुगेपछि कुटपिट नगर्ने गरी उनीहरुको मिलापत्र भएको थियो ।
परिवारमा शान्ति आउँछकी भनेर मिलापत्र गरेको भएपनि मिलापत्रपछि पनि विभिन्न मानसिक तनाब दिँदै ज्यान मार्ने धम्की दिएको उहाँले बताउनुभयो ।
उहाँको साथमा सुस्त मनस्थितिका १६ वर्षका छोरा चन्द्रबहादुर र १२ वर्षका मेघबहादुर कवर पनि छन् । घरमा दिनहुँ झगडा भएपछि छोराहरुले पनि राम्रोसँग पढ्न नपाएको उहाँले बताउनुभयो ।
श्रीमानले घरबाट निकाल्नका लागी पटक पटक चोरीको आरोप लगाएर कुटपिट गरेकोसमेत उहाँले बताउनुभयो । गाउँले र छिमेकीले पनि धेरै सम्झाए, पिट्ने बेलामा छुट्याउन आएकाहरुले पनि पिटाइ खाए भीमकुमारीको भनाइ छ । आर्थिक अभावका कारण आफू र छोराहरुको अधिकारका लागी न्याय माग्न नपाएको दुखेसो उहाँको छ ।
उज्यालो बाट watch video

,

news and entertainment