प्रेमीको गीतमा जवानी छल्काउँदै सुष्मा

susma-and-niran
नायिका सुष्मा कार्कीको चलचित्र क्षेत्रमा चर्चा हिजोआज छैन भन्दा पनि हुन्छ । रेष्टुरेन्ट चलाएर बसेपछि सुष्मा हराएजस्तै छिन् । उनै सुष्माले अब देशका विभिन्न स्थानमा प्रेमी निरनको गीतमा कम्मर मर्काउनेछिन् ।
‘वाइड इभेन्ट नेपाल टुर २०७१’ नाम दिइएको सांगीतिक यात्रामा सुष्मा र निरन एकसाथ निस्कन लागेका हुन् । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सांगीतिक यात्राका बारेमा जानकारी दिइएको हो ।
अनुप्रस्थ ब्याण्डका भोकलिस्ट निरन र सुष्माविच केही समयअघि ब्रेकअप पनि भएको थियो । सुष्माले निरनसँगको लिभिङ टुगेदर लाइफलाई छोडेेर आमासँग बसेपछि सम्बन्धमा दरार आएको थियो ।
तर दुबै जना असमझदारी भएको भन्दै मिलेका थिए । यो यात्रामा गायक सुगम पोख्रेल, युवराज चौलागाइँ, कमल क्षत्री, रुपक डोटेलका साथमा केही हाँस्य कलाकारहरु साथमा हुनेछन् । साउन्ड मुभिज मेकर्स र स्टेज डेकोरको संयुक्त आयोजनामा यो यात्रा हुन लागेको हो । यो सांगीतिक यात्रा जेठ २० गतेबाट सुरु भई असार ४ गते सम्पन्न हुनेछ । 

,

news and entertainment