एजेन्सी)– नायिका, मोडल, टेलिभिजन प्रोड्युसर, एक्टिभिष्ट र लेखक पामेला एन्डररसनले कान्स फिल्म फेस्टिबलमा सबैलाई चकित पार्ने खुलासा गरेकी छिन् । उनको यो खुलासाले हलिउडमा निकै हलचल मच्चाएको छ । उनले पामेला एन्डरसन ट्रस्टको एक च्यारिटेबल इभेन्टको क्रममा आफू निकै सानो उमेरमा नै यौन शोषण र बलात्कारको शिकार भएको बताइन् । यो इभेन्टमा उनले आफ्नो बारेमा थुप्रै निजी कुराहरु बताइन् । उनले भनिन्, ‘ जब म ६ वर्षको थिएँ तब म माथि यौन शोषण भयो । यो काम एक महिलाले गरेकी थिइन् । ती महिलालाई मेरो जिम्मेवारीको काम दिइएको थियो । त्यसपछि जब म १२ वर्षको भएँ तब मेरो बलात्कार भयो । त्यसको केहि हप्तापछि नै मलाई एउटा समूहले बलात्कार गर्यो । यी कारणहरुले गर्दा नै मेरो बालापन निकै कष्टपूर्ण तरिकाले बित्यो ।’ ‘ग्यांगरेप पछि गर्न चाहन्थिन् आत्महत्या’ उनका अनुसनर जब उनी १२ वर्षकी थिइन् तब आफ्नी साथीसँग उनको ब्वाइफ्रेन्डको घरमा गएकी थिइन् । त्यहाँ उसको प्रेमीको दाइले केहि खेल सिकाउने बाहानामा एक्लै लिएर गए र उनको बलात्कार गरे । बलात्कार गर्ने व्यक्ति २५ वर्षका थिए र भनिन् कि त्यति बेला उनी ती मानिससँग निकै डराएकी थिइन् । उनको यौन शोषणको क्रमसंख्यामा अझ ठूलो घटना आइलाग्यो जब उनलाई आफ्ना ६ जना साथहिरु मिलेर उनलाई ग्यांगरेप गरे । यो घटना पछि पामेला मर्न चाहन्थिन् । पामेला जब २२ वर्षकी थिइन् तब त्यतिबेला उनी क्यानडाको ब्यांकुबर शहरमा फुटबल खेल हेर्दै थिइन् । म्याचको क्रममा क्यामरा उनको अगाडि अडियो र थुप्रै मानिसहरुले उनलाई प्रत्यक्ष हेरिरहेका थिए । त्यति बेला उनले एक बीयर कम्पनीको प्रमोसन गर्ने टि–सर्ट लगाइरहेकी थिइन् । यसले नै उनलाई संसार सामू चिनायो । त्यसपछि ह्यूग हेफनरको म्यागजिन
पामेलाको खुलासाः ६ वर्षमा भयो यौन शोषण, १२ मा ग्यांगरेप
news and entertainment
