भारतसंगको सीमा बन्द गर्न सभासदको माग
६ जेठ, काठमाण्डौ ।
संविधानसभाकी एक सभासद्ले राष्टियताको रक्षाका लागि भारतसंगको खुल्ला सीमा बन्द गर्नुपर्ने बताएकी छन् । संविधानसभामा राष्टिय हितको संरक्षण समितिको प्रतिवेदन माथीको छलफलमा बोल्दै एमाओवादी सभासद लीला मगरले भारतसंगको खुला सीमा बन्द गर्नुपर्ने बताएकी हुन् ।
भारतीय पक्षले देशका विभिन्न भागमा सीमा मिचेको, बर्दियामा १२ बिघा जमिन अतिक्रमण गरेकोले भारतसंगको सिमा बन्द गर्नुपर्ने उनको भनाइ थियो । सभासद् थापाले राष्टहित विपरितका सन्धी सम्झौता खारेज गर्नुपर्ने बताइन ।
सोमबारको संविधानसभा बैठकमा एमाओवादीकै शक्तिबहादुर बस्नेतले राष्टिय स्वाधिनता नभइ नागरिक स्वतन्त्रता स्थापित हुन नसक्ने बताए । watch video

