१५ बर्ष भित्रमा सबै पत्रकार गाडी चढ्ने छनः प्रधानमन्त्री
नेपाल पत्रकार महासंघको २४ औ अधिवेशनको आज राजधानीमा उदघाटनगर्दै प्रधानमन्त्री कोइरालाले एक बर्ष भीत्रमा लोकतान्त्रिक संविधान बन्ने कुरामा आशंका नभएको बताउनु भएको हो । नेपाल अगाडी बढिसकेकोले पछाडी फर्कीन नसक्ने उहाँको भनाइ थियो ।
अन्तराष्टिय समूदायले पनि नेपाललाई सहयोग गर्न थालेका बताउदै कोइरालाले देश पछाडी फर्कीन नसक्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोइरालाले देशमा आर्थिक समृद्धि हासिल भइ १५ बर्षमा सबै पत्रकारले गाडी चढने हैसियत बनाउने उल्लेख गर्नुभयो ।
अब बन्ने संविधान प्रेस मैत्री बन्ने उहाँको प्रतिबद्धता थियो । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक बर्षमा संविधान बन्ने बताउनुभयो । संविधान प्रेस मैत्री बन्ने उहाँको प्रतिबद्धता थियो ।
यसैबीच नेपाल पत्रकार महासंघको २४ औ अधिवेशन राजधानीमा सुरु भएको छ । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा जारी सम्मेलनको बन्दशत्र केहीबेरमा सुरु हुदैछ ।

.jpg)