पूूर्वराजा झापामा, सञ्चारकर्मीलाई दुुरब्यबाहार

झापा-२२ बैशाख । पूर्व राजा ज्ञानेन्द्र शाहा र उनकी धर्मपत्नी कोमल शाहा सोमवार  झापा आई पुुुुगेका छन् । पुर्व राज दम्पती काडमाडौ भद्रपुरको नियमित उडानको वुद्ध एयर वाट अपरान्ह ३ बजे भद्रपुर विमान स्थल अवरतरण गरेका हुन् । पूर्व राजा दम्पती १ साता सम्म झापा रहने र धार्मिक, एतिहासीक  र साँकृतिक भ्रमण गरिने वताइको छ ।

पूर्वराजा ज्ञानेन्द्र लाइ स्वागत गर्न भद्रपुर विमान स्थलमा उनलाई स्वागत गर्न २ हजार भन्दा बढि सर्मथक भेला भएका थिए । उनीहरुले राजतनत्रको पक्षमा नारा पनि लगाएका थिए । पत्रकारहरुलाई पूर्वराजा शाहालाई उनका निजी सचिवले कुराकानी गर्न सक्ने बताए पनि उनले केहि प्रतिक्रिया दिएनन् । भ्रमणको उदेश्यबारे सोधिएको प्रश्नमा शाहाले कुनै प्रतिक्रिया नदिई शुुभेच्छुकको फूूलमाला मात्र लिएका थिए ।

पूूर्व राजपरिवारको स्वामित्व समेत रहेको दमक स्थित हिमालय महालक्ष्मी टी गार्डेन भित्र रहेको पुुरानो मुकाम दरवारमा उनी एक साता सम्म रहने कार्यक्रम रहेको छ । उनलाई टी गार्डेन सम्म एक दर्जन सवारी साधनले स्कर्टीङ् गरि ल्याएका थिए । भद्रपुर बिमान स्थलदेखि दमक सम्म आउने क्रममा पूूर्वराजा शाहाले गरामनी स्थित दुर्गा मन्दिर र विर्ता वजार स्थित दुर्गा मंन्दिरमा करिव आधाघण्टा जति पुजा अर्चना गरेका थिए ।  पुर्वराजा दम्पती मंगलवार झापाको राजगढमा हुने वृहत राजवंशी महोत्सवमा भाग लीने र सर्वसाधरण लाइ भेट्ने कार्यक्रम रहेको छ ।  

पत्रकारलाई दुुरब्यबाहार

पूर्वराजा झापा अवतरण गर्ने क्रममा बिमानस्थल पुुगेका सञ्चारकर्मीलाई पूर्वराजाकै स्वकिय सचिव फडीराज पाठकको निर्देशनमा सुरक्षाकर्मीले दुुरब्यबाहार गरेका छन् । पाठकले पूर्वराजासँग कुराकानी गर्न सक्नुहुने छ भने पछि सञ्चारकर्मीहरुले भ्रमणको उदेश्यबारे प्रश्न गरेका थिए । सो प्रश्न सोध्नसाथ पाठकले प्रश्न सोध्ने सञ्चारकर्मीलाई बाहिर निकाल्न सुरक्षाकर्मीलाई निर्देशन दिएको नेपाल पत्रकारमहासंघ झापा शाखाले जनाएको छ ।
शाखा सचिव एकराज गिरीले बिज्ञप्ति जारी गरि पाठकको निर्देशनमा पत्रकारहरु टीकाराम नेती, झुलन रेग्मी लगायतका पत्रकारलाई कठालोमा समातेर बाहिर निकालेको भन्दै भत्सर्नना गरेका छन् । पूर्वराजा आम नागरीक सरह भएको र उनकै सहयोगीले प्रश्न गर्न आग्रह गर्ने र दुुरब्यबाहार गर्न लगाउने घट्ना निन्दनीय भएको बिज्ञप्तिमा जनाईएको छ ।
गोपाल झापाली,

,

news and entertainment