बुद्ध एयर हल्लिदा तीन जना सामान्य घाइते

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको एटिआर ४२ जहाज हल्लिदा तीन जना सामान्य घाइते भएका छन् ।
Buddha Airविहान ७ बजे भैरहवाबाट उडेको जहाज विचमा खराब मौसमका कारण हल्लिन पुगेपछि दुई जना एयर होस्टेज र एक जना प्यासेन्जर ठोक्किएर घाइते भएका हुन् । जहाज भने सुरक्षित रुपमा काठमाडौंमा अवतरण गरेको छ ।
घाइते भएका देवेन्द्र ध्वजु सामान्य उपचारपछि घर फर्किएका छन भने एयर होस्टेजहरुको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुलाई सामान्य चोट लागेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
जहाजले ३९ जना यात्र बोकेर उडेको थियो । अन्य यात्रुहरुलाई भने केही नभएको बताइएको छ । उडान भर्दा भैरहवा र काठमाडौंको वातावरण ठिक देखिएको भएपनि विचमा वातावरण खराब हुँदा जहाज हल्लिन पुगेको थियो
Buddha Air

,

news and entertainment