मोदीको सपथमा गएका केही बलिउड कलाकारहरुलाई तनाब

काठमाण्डौ, १३ जेठ । भारतमा सोमबार भएको नरेन्द्र मोदीको प्रधानमन्त्री पद तथा गोपनियता सपथ कार्यक्रममा एउटा बेग्लै माहोल बनेको थियो । धेरै मानिसहरुको ध्यान सपथ ग्रहणमा थियो तर बलिउडका केही कलाकारहरुलाई देखेर धेरेै मानिसहरुले अर्कै अर्थ लगाएका छन् जुन टिवइटरमा छताछुल्ल भएको छ ।

विवेक अवरोय र सलमान खानको दुश्मनी कसले पो बिर्सेको छ र । त्यस्तै अमिताभ बच्चन पनि उनीहरुसँग बोल्दैनन् ।

ऐश्वर्याका कारण कहिल्यै एक नहुने सलमान, विवेक र अमिताभ मोदीले गर्दा एक ठाउँमा भएको टिवइटले यि बलिउड कलाकारहरुलाई टाउको दुखाएको छ । अझ अब नरेन्द्र मोदीले सलमान खान र विवेक अवरोयबिच शान्ति वार्ता गराउने जस्ता टिवइटले उनीहरु तनाबमा आएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

, ,

news and entertainment